यस्तो छ देशको आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठ)

आइतबार, ०८ भदौ २०८२, १६ : २६

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो ।

यस्तै वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेकोथियो । शोधनान्तर स्थिति रु ५९४ अर्ब ५४ करोडलेबचतमा रहेको छ । यस्तै आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ । 

यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.६ प्रतिशतले वृद्धि भई रु ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई रु ५४ खर्ब ९८ अर्ब पुगेको तथ्यांकमा उल्लेख छ ।

 
 
 
आइतबार, ०८ भदौ २०८२, १६ : २६

प्रतिक्रिया