सिद्धार्थ बैंकका ग्राहकले माया मनोर बुटिक होटेलमा छुट पाउने

आइतबार, ०८ भदौ २०८२, १७ : १५

काठमाडौं- सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार हात्तीसार, काठमाडौंस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिब प्रयोग गरीे भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।

 
आइतबार, ०८ भदौ २०८२, १७ : १५

प्रतिक्रिया