काठमाडौं- नेपाल अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा) ले गरेको १७ औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ आइतबार अर्थात भदौ ८ गते समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटरर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले भर्खरै सम्पन्न गरेको ‘नाइमा नेपाल मोबिलिटि एक्स्पो–२०२५’ लगत्तै गरेको ‘नाडा अटो शो–२०२५’ मा पनि भ्रमणकर्ताको सहभागिता एक लाख माथि नै पुगेको हो ।
नाडा अटो शो–२०२५ को अन्तिम दिन अर्थात भदौ ८ गते आइतबारसम्म आइपुग्दा १ लाख ६० हजार बढी भ्रमणकर्ताले प्रर्दशनीको अवलोकन गरेका हुन् । यो अटो शो ६ दिनसम्म चलेको थियो । करिब एकै समयमा एकै प्रकृतिका दुई अटो शोमा भ्रमणकर्ताको सहभागिता एक लाख माथि जानुलाई नागरिकको सवारी–साधनप्रति अत्याधिक रुचि भएकाले खरिद–विक्रीमा जान तत्पर रहेको बुझिन्छ । नाडा अटो शो–२०२५ ले एक लाख माथि भ्रमणकर्तालाई आकर्षित गर्नुको मुख्य कारण प्रर्दशनीमा राखिएको सवारी–साधन नै हुन् ।
नाडा अटो शोमा १ सय २५ भन्दा बढी स्टल राखिएका थिए । नाडा अटो शो–२०२५ मा ३० भन्दा बढी अग्रणी ब्राण्डले सहभागिता जनाएका छन् भने थुप्रै नयाँ मोडलहरुका सवारी–साधनको लन्ज (अनावरण) भएका छन् । यस पटकको नाडा अटो शो–२०२५ को विशेष आकर्षण भने नेपालकै पहिलो ‘Deepal eVTOL Flying Taxi’ बन्यो । ‘Unitree Robotics’ का अत्याधुनिक रोबोटले धेरै भ्रमणकर्ताको ध्यान तानेर थप आकर्षणको केन्द्रविन्दु बन्यो । सवारी–साधनका पारखीका लागि नाडा अटो शो–२०२५ मा राखिएका दुर्लभ सवारी–साधनसहितको भिन्टेज मोटर शोले अझ भ्रमणकर्ताको ध्यान आफुतिर तान्न सफल बनेको छ ।
नाडा अटो शो–२०२५ मा साइकेक्स इंक प्रा.लि. को बिवाईडि, एमएडब्लु भिरिद्धि मोटरर्स प्रा.लि. को नामी र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को टाटाले प्रर्दशनीमा राखेका उनीहरुका सवारी–साधनले पनि भ्रमणकर्ताको ध्यान आफुतिर तान्न सफल बनेको छ । सवारी–साधनको अग्रिम बुकिङ्ग र भ्रमणकर्ताको ती सवारी–साधनको स्टलमा आएर गरिएको अवलोकनले यसप्रति ग्राहकको रुचि अत्याधिक रहेको देखिन्छ । इन्ट्री लेभलको ग्राहकदेखि लक्जरीसम्मकोलाई लक्षित गर्दा बिवाईडि, नामी र टाटामा बढी भिड देखिएको हो ।
नाडा अटो शो–२०२५- कति आए भ्रमणकर्ता ?
प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्दघाटन गरेसँगै भदौ ३ गतेदेखि १७ औँ संस्करणको नाडा अटो शो–२०२५ विधिवत् रुपमा सुरु भएको थियो । ६ दिनसम्म चलेको नाडा अटो शो–२०२५ मा भ्रमणकर्ताको सहभागिता उत्साहजनक थियो । नाडा अटो शो–२०२५ को पहिलो दिन अर्थात भदौ ३ गते मंगलबार १९ हजार ७ सय ६ जना भ्रमणकर्ताले अवलोकन गरेका थिए । त्यसैगरि प्रर्दशनीको दोस्रो दिन अर्थात भदौ ४ गते बुधबार २८ हजार ९ सय ७८ जना अवलोकनकर्ताले प्रर्दशनीको भ्रमण गरेका हुन् । प्रर्दशनीको तेस्रो दिन अर्थात विहिबार २९ हजार ८ सय २९ जनाले नाडा अटो शो–२०२५ को भ्रमण गरेका थिए । शुक्रबार अर्थात प्रर्दशनीको चौथो दिन २५ हजार ८ सय ८ जना भ्रमणकर्ताले अवलोकन गरेका थिए । नाडा अटो शो–२०२५ को पाँचौ दिन अर्थात शनिबार ४५ हजार ८ सय ८१ जना भ्रमणकर्ताले अवलोकन गरे । शनिबारसम्मको तथ्यांकले नै नाडा अटो शो–२०२५ को अवलोकन गर्ने भ्रमणकर्ताको संख्या एक लाख ४९ हजार ८ सय ८१ जना पुगेको देखाएको छ ।
नाडा अटो शो–२०२५ को छैठौँ दिन अर्थात भदौ ८ गते आइतबारसम्म आइपुग्दा एक लाख ६० हजार बढी भ्रमणकर्ताले अवलोकन गरेका थिए । नाडा अटो शो–२०२५ को अन्तिम दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा प्रर्दशनीको समापन भएको हो । यस पटकको नाडा अटो शो–२०२५ को विशेष आकर्षण नेपालकै पहिलो ‘Deepal eVTOL Flying Taxi’ बन्यो । ‘Unitree Robotics’ का अत्याधुनिक रोबोटले धेरै भ्रमणकर्ताको ध्यान तान्न सफल बनेको छ । सवारी–साधनका पारखीका लागि नाडा अटो शो–२०२५ मा राखिएका दुर्लभ सवारी–साधनसहितको भिन्टेज मोटर शोले अझ धेरै भ्रमणकर्ताको ध्यान तान्न सफल बन्यो ।
नाडा अटो शो–२०२५ मा १२ वटा भिन्टेज गाडी प्रर्दशनीमा राखिएका थिए । ती भिन्टेज गाडीहरु आर्कषणको केन्द्रविन्दु बनेको थियो । प्रर्दशनीमा १९ वटा चार पाङ्ग्रे, १३ वटा लाइट कमर्सियल र ५ वटा दुई पाङ्ग्रे सवारी–साधनका ब्राण्डले सहभागिता जनाएका थिए । साथै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री र बैक तथा वित्तीय संस्थाका स्टलहरु रहेका थिए । नाडा अटो शो–२०२५ मा एक दर्जनभन्दा बढी नयाँ सवारी–साधन लन्ज (अनावरण) भएका थिए । ‘मेड इन नेपाल पेभिलियन’ ले स्वदेशी सवारी–साधन तथा स्पेयर पार्टसको प्रतिनिधित्व गरिरहेका थिए । नाडा अटो शो–२०२५ को समापन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको हो ।
नाडा अटो शो–२०२५- कुन–कुन गाडीमा आकर्षण ?
नाडा अटो शो–२०२५ मा गरिएको सवारी–साधन प्रर्दशनीले धेरै अवलोकनकर्ताको ध्यान तान्न सफल बनेको छ । भिन्टेज गाडीदेखि नयाँ विद्युतीय सवारी–साधनसम्मको प्रर्दशनी नाडा अटो शो–२०२५ मा राखिएको थियो । दैनिक प्रयोजनका लागि खरिद–विक्रीमा राखिएका सवारी–साधनहरुको स्टलमध्ये ३ वटामा ग्राहकको भिड बढी देखिएको छ । साइमेक्स इंक प्रा.लि.को विवाइडी, एमएडब्लु भिरिद्धि मोटरर्स प्रा.लि.को नामी र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को टाटामा भ्रमणकर्ताको भिड अत्याधिक देखिएको थियो । बुकिङ्ग र अवलोकनकर्ताको भिडको आधारमा यी स्टलमा भ्रमणकर्ताको भिड बढी थियो भने उनीहरुको रुचि पनि यसमा अत्याधिक भएको बुझिन्छ ।
बिवाइडी गाडीप्रति भ्रमणकर्ताको आकर्षण
नेपालका लागि बिवाइडीका आधिकारिक विक्रेता साइमेक्स इंक प्रा.लि.ले नाडा अटो शो–२०२५ मा आफ्नो स्टल राखेको थियो । नाडा अटो शो–२०२५ को स्टलमा विबाइडीले आफ्नो बिवाइडी एट्टो–१, बिवाइडी एट्टो–२ र बिवाइडी सेलियन–७ लाई बढी प्राथमिक्ता दिएर प्रर्दशनीमा राखिएको थियो । भ्रमणकर्ताले बिवाइडीको उक्त स्टलमा बढी रुचिका साथ अवलोकन गरेका थिए । प्रर्दशनीको दोस्रो दिनसम्म आइपुग्दा नै ग्राहकले ८ सय बिवाइडीका गाडी बुकिङ्ग गरिसकेका थिए । भ्रमणकर्ताको रुचि र ग्राहकले गरेको बुकिङ्गको आधारमा बिवाइडी प्रर्दशनी अवधिभर आकर्षणको केन्द्रविन्दु बन्न पुग्यो । प्रर्दशनीमा बिवाइडीले इन्ट्री लेभलको गाडीदेखि लक्जरीसम्म राखेको थियो । यसले गाडीको पारखीलाई अझ आकर्षित गरेको देखिएको थियो ।
प्रर्दशनीमा राखिएको बिवाइडी इन्ट्री लेभलको गाडी एट्टो–१ मा अवलोकनकर्ताको भिड अत्याधिक देखिएको थियो । बिवाइडी एट्टो–१ डाइनामिकको मूल्य २८ लाख ९५ हजार रुपैयाँ राखिएको छ । त्यसैगरि बिवाइडी एट्टो–१ प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । भ्रमणकर्ताले बिवाइडीको एट्टो–१ मा बढी रुचि देखाएसँगै भिड पनि अत्याधिक रहेको थियो । बिवाइडीको एट्टो–२ मा पनि भ्रमणकर्ता झुम्एिका थिए । बिावाइडीको एट्टो–२ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ । बिवाइडीको सेलियन–७ लक्जरी सेग्मेन्टमा पर्ने गाडी हो । यसको बारेमा जानकारी लिनका लागि भ्रमणकर्ता उत्सुक भएसँगै भिड बढी लागेको थियो । बिवाइडी सेलियन–७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । बिवाइडीका अन्य गाडी पनि उतिकै लोकप्रिय छन् ।
बिवाइडीको एट्टो–३ एड्भान्सको मूल्य ५६ लाख ९० हजार रुपैयाँ रहेको छ भने बिवाइडी सुपिरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ । त्यसैगरि बिवाइडीको डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । साथै बिवाइडीको एमजीको मूल्य ५८ लाख ९० हजार रुपैयाँ रहेको छ । प्रर्दशनी अवधिभर बिवाइडीका एट्टो–१, एट्टो–२ र सेलियन–७ मा भ्रमणकर्ताले बढी रुचि देखाएका छन् ।
नामी गाडीप्रति भ्रमणकर्ताको आकर्षण
नेपालका लागि नामी गाडीको आधिकारिक विक्रेता एमएडब्लु भिरिद्धी मोटरर्स प्रा.लि.ले नाडा अटो शो–२०२५ मा नामीका गाडी प्रर्दशनीमा राखेको छ । प्रदर्शनी अवधिभर नामीको स्टल हट–केक बनेको थियो भने भ्रमणकर्ताको उल्लेखनीय सहभागिता यस स्टलमा देखिएको थियो । नेपालमा पहिलो पटक नामीले आफ्नो नामी–०१ सार्वजनिक गरेर नेपाली बजारमा प्रवेश गरेको थियो । १२ महिनाको अवधिमा मुलुकभर आफ्नो उपस्थिति देखाउन सफल भइसकेको छ । नामीको ह्याचब्याक र नामी भिगोले प्रर्दशनीमा बढी चर्चा बटुल्न सफल भएको छ । पारिवारिक ग्राहकलाई बढी लक्षित गरि बजार सुहाउँदो मूल्यका कारण नामीप्रति भ्रमणकर्ताको बढी रुचि देखिएको हो । ह्याचब्याक अन्तर्गतका नामी इ–१, नामी इ–२ र नामी इ–३ प्रर्दशनीमा हट–केक बन्न पुग्यो । नामीको एसयुभि नामी भिगो इ–२ र इ–२ प्लस पनि प्रमुख आकर्षणको केन्द्र बन्न पुग्यो । नामीको ह्याचब्याक र एसयुभिलाई भ्रमणकर्ताले बढी रुचाएको देखिन्छ ।
टाटाको गाडीप्रति भ्रमणकर्ताको आकर्षण
नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्र्डिङ्ग प्रा.लि.ले नाडा अटो शो–२०२५ मा आफ्ना सवारी–साधन प्रर्दशनीमा राखेको छ । प्रर्दशनी भएको २ दिनमा नै ग्राहकले १ सय गाडी बुकिङ्ग गरिसकेको थिए । टाटाले इन्ट्री लेभलदेखि लक्जरीसम्मलाई लक्षित गरि आफ्ना गाडी प्रर्दशनीमा राखेको थियो । टाटाको गाडीको मूल्य र यसको फिचरका कारण भ्रमणकर्ता यसप्रति बढी आकर्षित भएका थिए । टाटाले ३४ लाखदेखि १ करोड रुपैयाँमाथिसम्मका गाडीको जानकारी प्रर्दशनीमा दिएको थियो । टाटाको पन्च इभि, टियागो, नेक्सन, कर्भ इभि, टाटा सफारीको जानकारी प्रर्दशनीमा दिएको थियो । टाटाको पन्च ईभि ३४ लाख ९९ हजार रुपैयाँदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म पर्दछ । टाटाको यो गाडी कम रकम तिरेर प्रयोग गर्न चाहनेका लागि उत्तम विकल्प मानिएको छ ।
टाटाको टियागोको मूल्य ३४ लाख ९९ हजारदेखि ३८ लाख ४९ हजार रुपैयाँसम्म पर्दछ । टाटाको नेक्सन ५० लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार रुपैयाँसम्ममा बजारमा उपलब्ध छ । टाटाको कर्भ ईभिको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ पर्दछ । त्यसैगरि लक्जरी सिग्मेन्टमा पर्ने टाटाको सफारी १ करोड २१ लाख ९९ हजार रुपैयाँदेखि १ करोड ३१ लाख ९९ हजार रुपैयाँमा बजारमा उपलब्ध छ । नाडा अटो शो–२०२५ मा टाटाका यी गाडीको बारेमा कम्पनीले जानकारी दिएको थियो । जानकारी लिनका लागि भ्रमणकर्ता टाटाको स्टलमा झुमिएका थिए । साथै खरिद गर्नका लागि बुकिङ्ग गर्नेको संख्या पनि उत्तिकै थियो ।
प्रतिक्रिया