ब्राजिल फाइनलमा

४ बर्ष अगाडि

कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश गरेको छ । 
आज विहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
 
ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १र१ गोल गरे ।
 
खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
 
फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाए । दायाँ भागबाट फिर्मिन्होको क्रसलाई डिबक्स भित्र अनमार्क रहेका जिससले सहजै गोल गर्न सफल रहे ।
 
७१ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
 
उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया