काठमाडौं- केपीआई हेल्मेट्सले नेपाली पुरुष क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट एसोसिएसनका सचिव पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बासेडरको रूपमा सार्वजनिक गरेको छ।
नाडा अटो शो २०२५ मा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो।
सन् २०१५ मा सुरुवात गरेको केपीआई हेल्मेट्सले पहिलो चरणमा लेग गार्ड र पुलर उत्पादन गर्दै नेपाली सुरक्षात्मक उपकरण उद्योगमा यात्रा सुरु गरेको थियो। हाल कम्पनीले १३ भन्दा बढी मोडलका हेल्मेटहरु आकर्षक डिजाइन र ग्राफिक्ससहित नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। लुम्बिनीस्थित अत्याधुनिक कारखानाबाट उत्पादन हुने यी हेल्मेटहरू आईएसओ, आईएसआई र डीओटी प्रमाणित छन्।
पारस खड्कालाई एम्बासेडर घोषणा गर्दै कम्पनीका प्रवक्ताले भने, “पारस खड्का खेल क्षेत्रमा मात्र नभई मुलुककै गौरवका प्रतीक हुन्। उहाँको नेतृत्व क्षमता र धैर्यका मूल्यहरूसँग मेल खान्छ। उहाँसँगको सहकार्यले हाम्रो ‘सुरक्षासँग शैली’ भन्ने दृष्टिकोणलाई अझ मजबुत बनाउनेछ।”
नाडा अटो शोमा भएको यो सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका प्रतिनिधि तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस घोषणाले केपीआईलाई अझ विश्वसनीय र नवीन नेपाली हेल्मेट ब्रान्डका रूपमा स्थापित गर्न योगदान पुर्याउने कम्पनीको विश्वास छ।
प्रतिक्रिया