ओप्पो नेपालद्वारा ‘फाइन्ड एन ५’  नेपाली बजारमा सार्वजनिक

सोमबार, ०९ भदौ २०८२, १६ : ०२

काठमाडौं- विश्वको अग्रणी स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन ५’ सार्वजनिक गरेको छ । 

केवल ८.९३ मि.मि. पातलो र २२९ ग्राम तौल भएको ‘ओप्पो फाइन्ड एन ५’ विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो । यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो र ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिन्छ । यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ । स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म मा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिन्छ ।
 
‘ओप्पो फाइन्ड एन५’ पहिलो फोल्डेबल हो जसले आईपीएक्स ९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ । यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएको छ जसले उच्च स्तरको मजबुती सुनिश्चित गर्छ। यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ, जसले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउँछ । 

कलरओएस १५ मा आधारित यसमा कॉल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटी जस्ता फिचरहरू छन् । यो १६ जीबी राम + ५१२ जीबी स्टोरेज भर्सनमा रु. २,४९,९९९ मा उपलब्ध छ र शून्य प्रतिशत (०%) ईएमआई योजनासहित बिक्री सुरु भएको छ ।

डिजाइन र मजबुतीः

  • ८.९३ मि.मि. पातलो, २२९ ग्राम तौल, विश्वकै सबभन्दा हल्का फोल्डेबल
  • आईपीएक्स९ वाटर रेजिस्टेन्स सहित पहिलो फोल्डेबल
  • आर्मर सिल्ड आर्किटेक्चर मार्फत ३०% बढी मजबुती र २०% बढी ड्रप प्रोटेक्शन
  • टाइटेनियम फ्लेक्सन हिंज – २६% सानो तर ३६% बढी मजबूत, टीयूभी राईनल्याण्ड प्रमाणित

डिस्प्लेः

  • ८.१२ इन्च इनर डिस्प्ले, फोल्डेबल श्रेणीमै ठूलो
  • ६.६२ इन्च कभर डिस्प्ले
  • १२० हट्र्ज एडेप्टिभ रिफ्रेस रेट र अधिकतम २००० निट्स एचडीआर ब्राइटनेस
  • टीयूभी राईनल्याण्ड मिनिमाइज्ड क्रीज प्रमाणित
  • ओप्पो पेन् सपोर्ट

ब्याट्री र परफर्मेन्सः

  • ५६०० एमएएच  सिलिकन–कार्बन ब्याट्री, फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ
  • ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ
  •  स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म आधारित उच्च कार्यक्षमता
  • हार्डवेयर–लेभल सेक्युरिटी चिप मार्फत डेटा प्रोटेक्शन

ह्यासलब्लाड क्यामेरा सिस्टमः

  • वाइड, अल्ट्रा–वाइड, जुम र पेरिस्कोप लेन्स सहित
  • टेलिफोटो म्याक्रो क्याप्चर, नजिकै १० से.मी. सम्मको सब्जेक्ट फोकस गर्ने क्षमता
  • ह्यासलब्लाड पोट्र्रेट मोड र रअ क्याप्चर
  • ह्यासलब्लाड मास्टर मोड मार्फत प्रो–लेभल कन्ट्रोल
  • डोल्बी भिजन एचडीआर भिडियो रेकर्डिङ फोर के/६० एफपीएस 

ग्राहकहरूले शून्य प्रतिशत (०%) ईएमआई योजना अन्तर्गत ४०% डाउन पेमेंट र १२ महिना किस्ता सुविधा प्रयोग गर्न सक्नेछन्।

ओप्पो एक विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो। सन् २००८ मा पहिलो मोबाइल फोन “स्माइली फेस” सार्वजनिक गरेदेखि ओप्पोले निरन्तर डिजाइन र नयाँ प्रविधि मा ध्यान केन्द्रित गर्दै आएको छ । 
 

 
सोमबार, ०९ भदौ २०८२, १६ : ०२

प्रतिक्रिया