होन्डाको दशैं योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक

मंगलबार, १० भदौ २०८२, १० : ४८

काठमाडौं–नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनीले “चंगा उड्छ फरर, होन्डा कारमा सरर” योजना सार्वजनिक गरेको हो ।

“यो दशैं द्यभकत ख्बगिभ रोज्नुहोस्“ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले रु. ४,००,००० सम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । साथै, ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् ।

पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि रु. २५,००० बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ । ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् ।

यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईः एच ईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।
 

मंगलबार, १० भदौ २०८२, १० : ४८

प्रतिक्रिया