काठमाडौं–नेपालमा ओमोडा एन्ड जेइको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भी २३ (iCAUR v23)’ को पहिलो झलक सार्वजनिक गरेको छ । ‘प्रिभ्यु कार्यक्रम’मा सो गाडीको झलक प्रस्तुत गरिएको हो ।
ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता चेरी ग्रुपको हिस्सा हुन्, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ । चेरीले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरुमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।
आइकार भी२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ बेन्चमार्क स्थापित गरेको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो क्लासिक एसयूभी टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । यसमा १०० किलोवाटको सिंगल मोटर सेटअप रहेको छ जसले १८० एनएमको टर्क प्रदान गर्छ ।
यसका साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । सो एसयूभीको लम्बाइ ४,२२० एमएम, चौडाई १,९१५ एमएम, उचाई १,८४५ एमएम र हिवलबेस २,७३५ एमएम रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्स (बनावट) सुनिश्चित गर्दछ । नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भी२३ विभिन्न ६ कलर अप्सनमा उपलब्ध हुनेछ ।
यसको क्याबिनले आराम र व्यावहारिकलालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ । सो एसयूभीको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरु (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरुलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ ।
यो एसयूभीको ७० प्रतिशत भन्दा बढी भाग, हाइ स्ट्रेन्थ–स्टिलको प्रयोग गरी हाइ रिजिडिटी बडीमा निर्मित रहेको छ । भी२३ ले इन्टरप्राइज–ग्रेड ब्याट्री सेफ्टी मापदण्ड पालना गरेको छ, जसले आइकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । सो गाडी ४७ लाख रुपैयाँ भन्दा कम मूल्यमै उपलब्ध हुने प्राम्भिक अनुमान छ ।
आइकार भी२३ एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो । यसको पहिलो मोडल भी२३ नेपालमा समेत छिट्टै सार्वजनिक हुँदैछ, जसले रगेड एडभेन्चर–रेडी क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया