एक्स पेङ्ग एक्स नाइन नेपाली बजारमा उपलब्ध, मूल्य २ करोड रुपैयाँमाथि

बुधबार, ११ भदौ २०८२, ११ : १८

काठमाडौँ–नेपालका एक्सपेङ्गको आधिकारिक विक्रेता सिजी मोटरर्सले लक्जरी सेग्मेन्टको इलेक्ट्रिक कार एक्स पेङ्ग एक्स नाइन बजारमा ल्याएको छ । पहिलो पटक चीनको ग्वाङ्गजोको अटो शो–२०२३ मा अनावरण गरिएको ईभि कार एक्स पेङ्ग एक्स नाइनलाई नेपाली बजारमा ल्याइएको हो ।

एक्सपेङ एक्स–नाइन २ करोड २० लाख रुपैयाँमा बजारमा उपलब्ध रहेको छ । एक्सपेङ एक्स नाइन ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको एमपीभी हो । यसले ३३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । एक्सपेङ एक्स–नाइनमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ ।

यसमा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसको डब्लूएलटीपी रेन्ज ४८० किलोमिटर छ । एक्सपेङको एक्स–नाइन एमपीभीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम छ । हाइटेक फिचरले भरिपूर्ण एमपीभीमा लाइडार बिनाको हक आई एडास सिस्टम दिएको छ ।

यसमा जिरो ग्राभिटी सिट डिजाइन भएकोले लग्जरी यात्रा गर्न सकिन्छ । यात्रुको आरामको लागि सस्पेन्सन सिस्टममा ‘सिक्स डी एआई एन्टी मोसन सिक्नेस’ उपलब्ध छ । यसमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिङ्क इन्डिपेन्डेन्ड सस्पेनसन छ ।

यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको छ । जसले एक्स–नाइनको उचाइ ९० एमएमसम्म बढाउन सकिन्छ । यसको क्याबिनमा रियर प्यासेन्जरको लागि समेत सिलिङ माउण्टेड २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिएको छ ।

प्यानारोमिक सनरुफ, फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल पाउन सकिन्छ ।    
 

बुधबार, ११ भदौ २०८२, ११ : १८

प्रतिक्रिया