नाइमा र नाडा अटो शो : एलएस अटोको स्टलमा अवलोकनकर्ताको उत्साहपूर्ण आगमन, ८८ वटा गाडी बुकिङ

बुधबार, ११ भदौ २०८२, १३ : २७

काठमाडौं– हालै सम्पन्न नाडा र नाइमा अटो शोमा एलएस अटोका ८८ वटा गाडी बुकिङ भएको छ । बिक्रेता कम्पनी नेक्सन भेन्चरले एक हप्ताको अन्तरालमा भएका यी दुई अटो शोबाट उक्त संख्यामा गाडी बुकिङ भएको जानकारी दिएको हो । 

भृकुटीमण्डपमा ‘नाडा अटो शो–२०२५’ भदौको ३ देखि ८ गतेसम्म र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २६ गतेसम्म आयोजना भएको थियो । कम्पनीका अनुसार नाडामा ५१ र नाइमामा ३७ वटा गाडीको बुकिङ भएका छन् । 

कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले एलएस अटोका गाडी छोटो समयमै यतिका बुकिङ हुनु अपेक्षा भन्दा राम्रो रहेको बताए । ‘यी दुई शोको आयोजना अवधिभर एलएस अटोको स्टलमा अवलोकनकर्ताको आगमन उत्साहपूर्ण रह्यो, यो ब्रान्ड भित्रिएको छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न सफल भएको पायौं,’ उनले भने ।

कम्पनीको अहिले एलईभी–०१ ईभी उपभोक्ताको रोजाइमा पर्दै आएको छ । फुयाँलले उपभोक्ताले देखाएको एलएस अटो प्रतिको यो मायालाई आगामी दिनमा कायम रहने विश्वास गर्दै स्टलमा भिजिट गर्न आउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । 

स्मार्ट लुक्स र आधुनिक फिचर भएको यो गाडीको मूल्य समेत उचित रहेको छ । ‘एलएस अटोको गाडी उचित रकममा लग्जरी कार खोज्न चाहनेहरूका लागि निकै उपयुक्त गाडी हो, दशैं-तिहार लक्षित अफर पनि फेरी कमेनीले ल्याउँदै छ, यदि यो गाडी खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईंको त्यो उचित निर्णय हुनसक्छ,’ कम्पनीका महाप्रबन्धक फुयाँलले भने ।

 
 
 
 
बुधबार, ११ भदौ २०८२, १३ : २७

प्रतिक्रिया