सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणलाई संस्थापक सेयर बिक्री गर्दै

विहीबार, १२ भदौ २०८२, १२ : ४९

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । 

बैंकले संस्थापक शेयरधनी बलराम श्रेष्ठको स्वामित्वमा रहेको ६४ हजार कित्ता र संस्थापक शेयरधनी विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेको २५ हजार ७५९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

बै।कले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिने सूचना जारी गरी बिक्री गरेको सो शेयर यस समयभित्र बिक्री नभएपछि अहिले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

यस सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

 
विहीबार, १२ भदौ २०८२, १२ : ४९

प्रतिक्रिया