नेपाल बैंक र कोटबारी होटेलबीच छुट सम्झौता

विहीबार, १२ भदौ २०८२, १६ : ४९

काठमाडौं- नेपाल बैंक लिमिटेड र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लि.बीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

यस सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकले कोटबारी होटेल प्रालिले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । 

सम्झौता पत्रमा भदौ ११ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेलको तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका हुन् ।

 
विहीबार, १२ भदौ २०८२, १६ : ४९

प्रतिक्रिया