काठमाडौं– टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दैनिक ६२२ रुपैयाँ किस्तामा टियागो ईभी उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय बाणिज्य बैंकले दिने ६.१० प्रतिशत ब्याजदरमा ईभी कर्जा र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले दैनिक ६२२ रुपैयाँ किस्तामा टियागो ईभी पाउने छन् ।
टाटाले पन्च ईभी किन्न उपभोक्ताले दैनिक ८०३ रुपैयाँ तिर्नु पर्ने जनाएको छ । यी दुबै ईभीमा ब्याजदर र डाउन पेमेन्ट भने समान हुनुपर्छ । कम्पनीले कर्जा सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य पनि गरेको छ ।
टाटाका यी दुबै मोडल निकै सफल मानिन्छन् । टियागो विगत दुई वर्षदेखि निरन्तर बिक्री हुँदै आएको मोडल हो । पन्च ईभीले पनि नेपालमा एक वर्ष पूरा गरिसको छ ।
प्रतिक्रिया