मुक्तिनाथ कृषि कम्पनीको आधुनिक थोक कृषि बजार सम्बन्धी कार्यशाला सम्पन्न

शनिबार, १४ भदौ २०८२, ११ : ३४

काठमाडौं- कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले काठमाडौंको लाजिम्पाटमा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । 

कम्पनीले खाद्यान्न जस्तो मानव स्वास्थसंग प्रत्यक्ष रुपमा सरोकार राख्ने क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा, आधुनिक ९अन्तराष्ट्रिय स्तरको० थोक कृषि बजार स्थापना र संचालनको औचित्य, आवश्यकता र लगानी प्रवद्र्धनको लागि कार्यशाला आयोजना गरेको हो ।

कार्यशाला कार्यक्रममा स्वागत मन्तव्य राख्दै, मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले किसानहरुले गरेको उत्पादनको बाइव्याक ग्यारेन्टी गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय स्तरको थोक बजार आवश्यक रहेकोले कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्थाः चुनौती र अवसरहरु सम्बन्धमा विज्ञ प्रस्तुतीकरण र आधुनिक थोक कृषि बजार स्थापना र संचालनको नीतिगत विषय तथा हालसम्मका अनुभवहरुको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कृषि विभाग, नेपाल राष्ट्र बैंक र कृषि उद्यम केन्द्र सम्मिलित प्यानल छलफल भएको थियो ।

प्रमुख अतिथि तथा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननिय मन्त्रि रामनाथ अधिकारीले साना किसानहरुको जीवनस्तर उकास्न र ठुला किसानहरुलाई सेवा दिने दिशामा नीजि क्षेत्र लाग्नुपर्ने र मुक्तिनाथ कृषि कम्पनीले शुरु गरेको अभियानमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताए ।

त्यस्तै, मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषदमा लैजाने अन्तिम तयारीमा रहेको र ऐन कार्यन्वयन भएपश्चात उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सम्बन्धि धेरै विषयहरु समाधान हुने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले कृषि सम्बन्धि प्रशोधन, बजारीकरण र अन्य ठुला योजनाहरुलाई अगाडी बढाउन बोर्ड कुरिरहेकोले योजना अगाडी बढाउन सुझाव दिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष हेमराज ढकालले नीजि क्षेत्रका समस्याहरु समाधानको लागि महासंघले विभिन्न पहलहरु गरिरहेको र बजार व्यवस्थापनको लागि करार खेति ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।

 
शनिबार, १४ भदौ २०८२, ११ : ३४

प्रतिक्रिया