काठमाडौं- ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रालिबीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल पे प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज कुमार शुक्लाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्राहकहरूलाई आफ्ना आवश्यकता अनुरूप बीमाशुल्क सम्बन्धी सम्पुर्ण जानकारी अनलाइन मार्फत सेल पे ले उपलब्ध गराउनेछ । सेल पे मार्फत विस्तृत बीमाशुल्कको जानकारी प्राप्त भइ सकेपछि ग्राहकहरुले सेल पे बाट बीमा पोलिसीको लागि अनुरोध गर्न सक्नेछन् र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ग्राहकहरुको अनुरोध बमोजिम बीमा सेवा उपलब्ध गराउने छ । यसरी ग्राहकहरुले अनलाइनबाट नै बीमाको सेवा प्राप्त गर्न सक्नेछन् ।
यस कदमले डिजिटल माध्यम मार्फत बीमा सेवाको पहुँचलाई थप व्यवस्थित, सरल र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।
यस सहकार्यले डिजिटल बीमा प्रविधिमा महत्वपूर्ण कदम चालेको दुवै कम्पनीका प्रतिनिधिहरूको धारणा छ । साथै यसले ग्राहकको विश्वास वृद्धि गर्ने मात्र नभई दुवै कम्पनीलाई दिगो रूपमा फाइदा पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया