एनआईसी एशिया बैंकका ग्राहकले र्‍याडिसन होटलमा छुट सुविधा पाउने

सोमबार, १६ भदौ २०८२, ११ : २५

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । 

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको यस होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् भने ब्ष्चउयचत ीयगलनभ बलम च्भकतबगचबलत, एबकतचथ क्जयउ र त्चबलत्रगष्ििष्तथ क्उब मा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नेछन् ।  

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । 

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

 
 
सोमबार, १६ भदौ २०८२, ११ : २५

प्रतिक्रिया