काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ ।
विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्यले बैंक र एसोसिएसनबीच सो सम्झौता भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसन तर्फबाट अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् । यससँगै सम्झौताअनुसारको व्यावसायिक सेवा आरम्भ गरिएको छ ।
यस सम्झौता अनुसार एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरने छ ।
यस्तै, एसोसिएसनका सदस्यहरुलाई बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोली दस लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकले जानकारी दिएको छ ।
यस सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
प्रतिक्रिया