एनएमबि बैंकका कर्मचारी र ग्राहकले बुटवल हस्पिटलका सेवामा छुट पाउने

विहीबार, १९ भदौ २०८२, १६ : ०६

काठमाडौं- एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट पाउने भएका छन् । एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.बीच छुट प्रदान गर्नका लागि सम्झौता भएको हो । 

सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि÷इसिजि÷इको÷एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी÷परिवार र ग्राहकले ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  

सम्झौताले बैंक कर्मचारी÷परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । 

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड  प्रयोग गर्नुपर्नेछ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
 

 
विहीबार, १९ भदौ २०८२, १६ : ०६

प्रतिक्रिया