हिरो मोटोकर्पद्वारा “हाम्रो परम्परा” फेस्टिभ स्किम सार्वजनिक

शुक्रबार, २० भदौ २०८२, १२ : ४९

काठमाडौं–नेपालको दुईपाङ्ग्रे बजारमा हिरो मोटोकर्पले वडा दशै, दिपावली तथा छटपर्वलाई लक्षित गदै “हाम्रो परम्परा २०८२” स्किम सार्वजनिक गरेको छ । दुईपाङ्ग्रे वजारमा ज्भचय ब्राण्डका मोटरसाईकल तथा स्कुटरहरुको विक्रीमा प्रवर्धन एवं बजारमा नयाँ व्राण्ड सहित आउँदो मिति २०८२ भाद्र १६ देखि कार्तिक २९ गते सम्मका लागी उक्त स्किम ग्राहक माझ ल्याएको जानकारी गराइएको हो ।

उक्त स्किम अन्र्तगत स्योरसट डिजिटल स्क्रास्च मार्फत न्यूनतम रु. ८ हजारदेखि रु. ५ लाखसम्म क्यास डिस्काउन्ट पाउन सकिनेछ । एक्सचेन्जमा स्योरसट डिजिटल स्क्रास्चमा रु. ८ हजार र थप रकम रु. २०८२ रुपैयाँ थप गरि न्यूनतम रु. १०,०८२ रुपैयाँ देखि १ लाखसम्म क्यास डिस्काउन्ट पाउन सक्ने जनाइएको छ । यस स्किम मार्फत फाइन्नान्स गर्दा कुनैपनि किसिमको सर्भिस चार्ज नलाग्ने जानकारी गराईएको हो ।  

हिरो मोटोकर्पले उत्पादनहरू जुम १२५ हालै नाडा अटो सो मा सार्वजनिक गरेको छ । सार्वजनिक भएको जुम १२५ मा अन्य व्राण्डको तुलनामा आकर्षक डिजाइन, १४ इन्चको रिम, ० देखि ६० कि.मी. सम्मको स्पीड ७.६ सेकेण्डमा निर्धारण गर्दछ । साथै प्युल लिड वजर लगायतका अन्य आकर्ष फिचरहरु समेत रहेको छ ।
 

शुक्रबार, २० भदौ २०८२, १२ : ४९

प्रतिक्रिया