एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता  संस्थापक सेयर बिक्रीमा

आइतबार, २२ भदौ २०८२, १० : १८

काठमाडौं- एनएमबि बैंक लिमिटेडले करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको हो। 

यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यस सेयरमा तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिएको हो।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्। 

 
आइतबार, २२ भदौ २०८२, १० : १८

प्रतिक्रिया