बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप खिच्दै

आइतबार, २२ भदौ २०८२, १२ : १५

काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते बैंकिङ प्रणालीबाट आज भदौ २२ गते आइतबार २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । 

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 
 
आइतबार, २२ भदौ २०८२, १२ : १५

प्रतिक्रिया