इटहरीमा ट्रायम्फको नयाँ शोरूमको उद्घाटन

आइतबार, २२ भदौ २०८२, १२ : ५५

काठमाडौं- विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले इटहरीमा नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। यस शोरूमको आधिकारिक डिलरको रूपमा अटो सिटी नियुक्त भएको छ।

यो उद्घाटन नेपालमा ट्रायम्फको उपस्थितिलाई थप विस्तार गर्ने एक महत्वपूर्ण उपलब्धि हो, जसले प्रदेश १ तथा पूर्वी क्षेत्रका मोटरसाइकलप्रेमीहरूलाई अन्तर्राष्ट्रिय स्तरका मोटरसाइकल र सेवाहरू अझ सहज रूपमा उपलब्ध गराउनेछ।

उद्घाटन कार्यक्रममा स्थानीय गणमान्य व्यक्ति, मोटरसाइकलप्रेमी, र बाइकर समुदायहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले इटहरीमा प्रिमियम मोटरसाइकलप्रतिको बढ्दो रुचि र विश्वासलाई झल्काएको छ।

 

अटो सिटीका श्री जयन्त संथालियाले भने, “इटहरी र पूर्वी नेपालका राइडरहरूका लागि ट्रायम्फ शोरूम स्थापना हुनु ठूलो उपलब्धि हो। हामी उत्कृष्ट बिक्री, सेवा र ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।”

ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापाले भने, “ट्रायम्फ मोटरसाइकल केवल सवारी साधन होइन, यो एक भरपर्दो ब्राण्ड र विश्वासको प्रतीक हो। इटहरीको मोटरसाइकल प्रेमी समदाय सँगको हाम्रो सम्बन्ध अझ मजबतु बनाउन पाउँदा हामी उत्साहित छौं।”

इटहरीमा रहेको यो नयाँ शोरूममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। 

कम्पनीले आफ्नो आउटलेटलाई बिक्री (Sales), सेवा(Service), र स्पेयर पार्ट्स (Spares) सहितको पूर्ण घक् सुविधा सहित तयार गरेको जनाएको छ।

यस शोरूममार्फत इटहरी तथा वरपरका ट्रायम्फप्रेमीहरूलाई उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पार्ट्स सहज रूपमा उपलब्ध गराइनेछ।

 
आइतबार, २२ भदौ २०८२, १२ : ५५

प्रतिक्रिया