काठमाडौं- एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुदेश खालिङ राई पुनः नियुक्त हुने भएका छन्।
बैंक सञ्चालक समितिको भदौ २३ गते बसेको बैठकले बैंकको सीईओमा पुनः खालिङलाई दोस्रो कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको हो।
उनको दोस्रो कार्यकालको नियुक्ति आउँदो असोज ८ गतेबाट लागू हुनेछ। पुनः नियुक्तिपछि खालिङले असोज ८ गतेदेखि कार्यभार सम्हाल्ने बैंकका कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिए।
खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीइओ हुन्। २०७८ असोज ८ गते उनले एभरेष्ट बैंकको सीइओको जिम्मेवारी पाएका थिए।
प्रतिक्रिया