कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

आइतबार, २२ भदौ २०८२, १७ : ३९

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफावाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमध्ये १० प्रतिशत वोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको आज आइतबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा वसेको संचालक समितिको बैठकबाट उक्त लाभांश वितरण गर्ने र्णिय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । यो संगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।

गत वर्ष बैंकले १२ प्रतिशत लाभांश  वितरण गरेको थियो ।

 
आइतबार, २२ भदौ २०८२, १७ : ३९

प्रतिक्रिया