सानिमा बैंकले दराजसँग दशैं धमाका योजनाका लागि सहकार्य गर्ने

सोमबार, २३ भदौ २०८२, १३ : ५६

काठमाडौं- सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु १,०००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,५००÷– सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ  । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ । यो योजना २०८२ भाद्र २४ देखि आश्विन ७ गतेसम्मका लागि लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा हेर्न सकिनेछ । 

सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 
 

 
सोमबार, २३ भदौ २०८२, १३ : ५६

प्रतिक्रिया