काठमाडौँ–नेपाल र भारत सीमामा रोकिएका मालवाहक ट्रकहरूको भन्सार जाँचपास पुनः सुरु भएको छ । नेपाली भन्सार कार्यालयहरूमा देखिएको सुरक्षा अवस्था र कर्मचारी अभावका कारण केही दिनदेखि अवरुद्ध रहेको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको हो । योसँगै अत्यावश्यक वस्तुहरूको नेपालतर्फको आपूर्ति सहज भएको छ ।
भारतीय पक्षबाट मालवाहक ट्रकको आवागमनमा कुनै प्रतिबन्ध नरहेको र भारतीय भन्सारले निरन्तर जाँचपास सहज बनाउन अनुरोध गरिरहेको अवस्थामा नेपाली भन्सारको ढिलासुस्तीले गर्दा सयौँ ट्रकहरू सीमामा रोकिएका थिए । ती वस्तुहरू आजदेखि सहजताका आधारमा रोकिएका सवारी साधन फेरि जाँचपास फेरि सुरु भएको छ ।
बिहीबार नेपालका विभिन्न भन्सार बिन्दुहरूमध्ये काकरभिट्टामा ३५ ट्रक, विराटनगर आईसीपीमा ३०० सवारी साधन, वीरगन्ज आईसीपीमा ५० ट्रक, भैरहवामा ३०० ट्रक र नेपालगन्ज आईसीपीमा १४० ट्रक रहेका थिए । वीरगन्ज आईसीपीबाट पेट्रोलियम, एलपीजी, औषधि लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी सुरु भएका छन् ।
यी वस्तुहरूलाई प्रहरी एस्कर्टसहित नेपालका विभिन्न गन्तव्यतर्फ पठाइएको छ । वीरगन्जबाट ५३ ट्याङ्करसहित ११७ वटा लोड गरिएका सवारी साधनहरू नेपालतर्फ पठाइ सकिएको छ । आईसीपी वीरगन्जबाट २०० वटा खाली सवारी साधनहरू भारत फर्किएका छन् ।
भैरहवा र आईसीपी नेपालगन्जमा पनि केही अत्यावश्यक र छिट्टै बिग्रने वस्तुहरूको जाँचपास सुरु गरिएको छ । नेपाली अधिकारीहरूले आजदेखि भन्सार जाँचपास प्रक्रिया आंशिक रूपमा बहाल गरेका छन् ।
प्रतिक्रिया