गभर्नर पौडेलद्वारा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा अवलोकन

आइतबार, २९ भदौ २०८२, १६ : ५४

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । 

केही दिनअघि जेनजी आन्दोलनका क्रममा शाखामा तोडफोड र चोरी भएको घटनापछि गभर्नर पौडेल शाखामा पुगेका हुन् ।

अवलोकनका क्रममा गभर्नरले बैंकको भौतिक अवस्था, भएको क्षति तथा बैंकले भोग्नु परेको चुनौतीबारे जानकारी लिएका छन् । उनले बैंक सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक समन्वय र सहयोगका विषयमा समेत छलफल गरेको बताइएको छ ।

उक्त घटनामा केही रकम चोरी भएको प्रहरीले पुष्टि गरेको छ । हाल प्रहरी प्रशासनले तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न खोजतलास र अनुसन्धान अघि बढाएको छ ।

 
आइतबार, २९ भदौ २०८२, १६ : ५४

प्रतिक्रिया