काठमाडौं- एमजी मोर्टसले हालै लन्च गरेको नयाँ कार एमजी ४ ले १५ दिनमै २६ हजार युनिट अर्डर प्राप्त गरेको छ । मासिक १५ हजार युनिट हाराहारी मात्रै बिक्री हुने अपेक्षा गरिएको सो कारमा अत्याधिक आकर्षण बढेपछि कम्पनीले उत्पादन बृद्धि गर्ने घोषणा समेत गरेको छ ।
सो नयाँ कार बुकिङ लिने ग्राहकले बढिमा ३९ दिनभित्र डेलिभरी पाइसक्ने र त्यसो नभएमा ढिलाई भएको हरेक दिनबापत ५० युवान क्षतिपूर्ती दिने जनाएको छ ।
एसएआईसीको ई३ आर्किटेक्चरमा निर्मित एमजी४ मा ४२(८ र ५३.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक पाउन सकिन्छ । एकपटकको सिंगल चार्जमा ५३० किलोमिटरसम्मको सिएलटीसी रेन्ज दिने यस ईभीलाई २० मिनेटमा ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
नयाँ एमजी४ को बाहिरी भागमा नयाँ प्रोजेक्टर हेडलाइटहरू, सेग्मेन्टेड हनीकोम्ब ग्रिल र सार्प फ्रन्ट कर्नरसहितको साइड एयर डक्ट तथा एमजीको उज्यालो लोगो पाउन सकिन्छ । यो कारको लम्बाइ ४३९५ मिमी, चौडाइ १८४२ मिमी र उचाइ १५५१ मिमी तथा ह्वीलबेस २७५० मिमी छ ।
नयाँ एमजी ४ को टप स्पेक ट्रिममा १२ वटा अल्ट्रासोनिक रडार, चार वटा ३६०–डिग्री सराउन्ड भ्यू क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामेरा जस्ता फिचर दिइएको छ ।
५ वटा ट्रिममा उपलब्ध यस नयाँ कारको सुरुवाती मूल्य ९ हजार ५६० डलर निर्धारण गरिएको छ । जवकी सेमी सोलिड स्टेट ब्याट्री जडित ट्रिमलाई १४ हजार २९० अमेरिकी डलर पर्ने जनाइएको छ
प्रतिक्रिया