पोखरा उद्योग वाणिज्य संघले निकाल्यो मौन शान्ति पदयात्रा

मंगलबार, ३१ भदौ २०८२, १२ : ५२

काठमाडौं- जेनजी प्रदर्शनपछि पनि निरन्तर अशान्त गतिविधि चलिरहेको अवस्थामा पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघले शान्तियात्रा निकालेको छ । संघले मंगलबार पोखरामा शान्तियात्रा निकालेको हो ।

यात्रामा पोखराका उद्योगी, व्यवसायीसँगै सामाजिक व्यक्तिहरू सहभागी थिए ।

शान्ति र अमनचयन कायम गराउन सरकारलाई निजी क्षेत्रको तर्फबाट पूर्ण साथ दिइने सहभागीहरूले प्रतिबद्धता जनाएका छन् । पोखरामा दर्जनौं व्यवसायीक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको छ । व्यवसायीहरू यसबाट प्रताडित छन् । 

 
मंगलबार, ३१ भदौ २०८२, १२ : ५२

प्रतिक्रिया