काठमाडौं- चांगान ग्रुप अन्तर्गतको दीपल ब्राण्डले अघिल्ला दुई एसयूभीभन्दा पनि कम मूल्यको एसयूभी नेपाल ल्याउने भएको छ ।
चीनमा नेभो क्यू–०५ नामबाट सार्वजनिक भएको एसयूभी नेपाली बजारमा भने दीपल ब्राण्डमा आउने यसको नाम के हुन्छ भन्ने प्रष्ट भएको छैन ।
सन् २०२६ को पहिलो क्वाटरसम्ममा नयाँ एसयूभी नेपाल आउने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।
कम्पनीले सुरुवातमा ल्याएको एस–०७ र त्यसपछि ल्याएको एस–०५ दुबै निकै चर्चित भइसकेका छन् ।
नया एसभूभीमा कम्पनीले ४०.३ किलोवाट आवर र ५१.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । यसको अधिकतम रेन्ज ३५० किलोमिटर हाराहारी हुनेछ । सीएलटीसीले भने क्रमशः ४०५ र ५०६ किलोमिटर रेन्ज भनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा १२० किलोवाटको मोटरमा उपलब्ध हुने क्यू–०५ नेपाली बजारमा भने १०० किलोवाटभन्दा कम पीकपावर भएको मोटरमा उपलब्ध हुनेछ ।
आकर्षक एसयूभी लुक्समा देखिएको क्यू–०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस दिइएको छ ।
प्रतिक्रिया