काठमाडौं– नेपालकै एक मात्र हरित टाइल उत्पादक प्राइम सिरामिकले वातावरणमैत्री उत्पादनलाई अझ सुदृढ बनाउन रौतहटस्थित आफ्नो कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सुरु गरेको छ।
कम्पनीका अनुसार उक्त प्लान्टबाट वार्षिक झण्डै १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ। यसबाट करिब ८,००० टन कार्बन उत्सर्जन न्यूनीकरण हुने र हरेक वर्ष २१,००० रुख बचत गर्ने बराबरको योगदान हुने अनुमान गरिएको छ।
उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्षरूपमा टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने भएकाले कम्पनीलाई “शून्य कार्बन उत्सर्जन” लक्ष्यमा नजिक पुर्याउने विश्वास गरिएको छ।
“दिगोपनासँग घर फर्कनुहोस्, आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्” भन्ने नारासहित कम्पनीले वातावरणीय दिगोपनालाई प्राथमिकता दिएको जनाएको छ।
यस परियोजनाको कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले डीकेटीआई कार्यक्रममार्फत वित्तीय सहयोग उपलब्ध गराएको हो।
सहयोग सम्झौतामा एईपीसी, डीकेटीआई कार्यक्रम अधिकृत निरज सापकोटा, एईपीसीका कार्यकारी निर्देशक नवराज ढकाल, प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग, प्राइम रिन्यूएबल्सका वरिष्ठ प्रबन्धक सञ्जय शाह र प्राइम सिरामिकका वरिष्ठ प्रबन्धक गोपाल मिश्र उपस्थित रहेका थिए।
प्रतिक्रिया