काठमाडौं- बीवाइडीको इन्ट्री लेभल ह्याचब्याक कार एटो–वान कोरला नाकामाबाट नेपाल आउने भएको छ ।
चीनबाट गाडी आयात हुँदै आएका तातोपानी र रसुवागढी दुवै नाका बन्द भएको कारण कोरोला नाकाबाट गाडी आयात सुरू भएको हो ।
चीन जोड्ने तातोपानी नाका पहिरोको कारण र रसुवागढी नाका मेतेरी पुल बगाउँदा नाका सञ्चालनमा नआउँदा कोरला नाकामार्फत आयात गर्न लागिएको हो ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको एटो–वान ठूलो संख्यामा बुकिङ भएको बताइएको थियो ।
बीवाइडीको सबैभन्दा कम मूल्यको विद्युतीय गाडीले चीन, ब्राजिल, मेक्सिको जस्ता देशमा ठूलो सफलता पाइसकेको छ ।
बीवाइडीले दुई ब्याट्री अप्सनमा उपलब्ध गराउन लागेको एटो(वानमा ३० र ३८.८८ किलोवाट आवरको ब्याट्री छ । यसको रेन्ज डब्लूएलटीपीका अनुसार टप भेरियन्टले ३०० किलोमिटरसम्म दिनेछ ।
साइमेक्स इंकले २८ लाख ९५ हजार रुपैयाँ सुरुवाती मूल्य तोकेको एटो(वानको टप भेरियन्ट किन्न ३२ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया