जगदम्बा मोटर्सले नेपालमा दुई नयाँ TVS मोडल ल्याउँदै
काठमाडौं- शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडल TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।
नयाँ मोडलहरूको लञ्च कार्यक्रम आगामी सेप्टेम्बर २१ (असोज ५, २०८२) मा राष्ट्रियसभागृह, प्रदर्शनीमार्गमा दिउँसो ३:३० बजेबाट आयोजना हुने छ।
TVS Apache RTR 160 2V FI BS6
Apache Racing DNA बाट प्रेरित यस नयाँ संस्करणमा 159.7cc FI इन्जिन (16.04 PS @ 8400 RPM र 13.85 Nm @ 7000 RPM), करिब 50 KMPL सम्मको माइलेज दिने उन्नत FI प्रणाली, एरोडाइनामिक युरोपेली लुक, ABS, SmartXonnect, र राइड मोडजस्ता सुविधा समावेश गरिएको छ। आफ्नो सेग्मेन्टमै पहिलोपटक जीवनभरको वारेन्टी पनि उपलब्ध हुनेछ।
TVS Raider IGO
नयाँ पुस्ताका राइडरलाई लक्षित Raider IGO मा 125cc इन्जिन, LED हेडलाइट, स्टाइलिश ट्यांक डिजाइन, पूर्ण डिजिटल क्लस्टर, सीटमुनि स्टोरेज, र एडभान्स्ड राइड मोडजस्ता फिचर छन्। यो दैनिक यात्रा, माइलेज र स्टाइल चाहने युवापुस्ताका लागि आदर्श विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दुवै मोडलले शक्ति, शैली, माइलेज र रोमाञ्चको नयाँ स्तर ल्याउने उल्लेख गर्दै भने, “यी मोडलहरूले TVS ब्रान्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछन् ।”
प्रतिक्रिया