सानिमा बैंकद्वारा लाभांश घोषणा

आइतबार, ०५ असोज २०८२, १० : २६

काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ७.३६८५ प्रतिशतले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 
 
आइतबार, ०५ असोज २०८२, १० : २६

प्रतिक्रिया