जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न आजै न्यायिक आयोग बनाइँदै

आइतबार, ०५ असोज २०८२, १२ : ००

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा भएको घट्नाको बारेमा छानबिन गर्न न्यायिक आयोग बनाउने भएकी छिन् ।

यही भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको छ ।

पहिलो दिन भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो । दोस्रो दिन झनै ठूलो संख्यामा नागरिकले मृत्युवरण गर्नुपरेको थियो ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले यो घट्नाको बारेमा छानबिन गर्न आयोग गठन गर्ने भएको हो । आयोग पूर्व न्यायाधीशको नेतृत्वमा बन्ने बताईएको छ ।

 
आइतबार, ०५ असोज २०८२, १२ : ००

प्रतिक्रिया