काठमाडौं- नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले भेस्पाका नयाँ बीएस–भीआई ओबीडी– आईआई स्टेज बी इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
नयाँ लाइनअप वातावरण मैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ ।
नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश छन् । भेस्पा जेडएक्स १२५ रु. ३,४९,००० मा उपलब्ध हुनेछ, जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ र पर्ल ह्वाइट, रेड ड्रागन, नेरो ब्ल्याक र अज्जुरो प्रोवेन्जा जस्ता रंगमा प्रस्तुत गरिएको छ । भेस्पा १२५ को मूल्य रु. ३,९९,००० निर्धारण गरिएको छ, जसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ र ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइ रंगमा उपलब्ध हुनेछ । त्यस्तै, भेस्पा एस १२५ रु. ४,०९,००० मा प्रस्तुत गरिएको छ, जसले स्पोर्टी र स्टाइलिश लुक प्रस्तुत गर्छ र पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रीन, जियालो येलो, ग्लोसी ओरेंज रंगमा पाइनेछ ।
इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा, विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित छ । नयाँ पुस्ताको भेस्पाले यी विशेषताहरूलाई अब पर्यावरण मैत्री र उन्नत इन्धन कार्यक्षमतासँग समेट्दै, जिम्मेवार र स्टाइलिस रोजाइको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
डेल्टा अटोकर्प प्रालि का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “भेस्पा केवल स्कुटर मात्र होइन, यो एक देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदाबहार आकर्षणको प्रतीक हो। नयाँ मोडलहरूको यो सिरिजमार्फत्, हामी भेस्पाको शैली, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दैछौं । यसका साथै, नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्रान्डका रूपमा अझ मजबुत रूपमा स्थापित गर्ने हाम्रो उद्देश्यलाई अघि बढाएका छौं ।”
नवीन मोडेलहरूको यस लन्चमार्फत्, भेस्पाले इटालियन सौन्दर्य, अत्याधुनिक प्रविधि र लक्जरी अनुभवको अद्वितीय संयोजन प्रस्तुत गर्दै, नयाँ पुस्ताका राइडरहरूलाई आकर्षित गर्ने आफ्नो यात्रालाई थप अगाडि बढाएको छ ।
इटालियन डिजाइन, अत्याधुनिक प्रविधि, र लक्जरी मोबिलिटी अनुभवको मिश्रणका साथ नयाँ भेस्पा स्कुटरहरू अब नेपालभर उपलब्ध हुनेछ ।
प्रतिक्रिया