काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली युवाको संख्या ६७ हजार माथि पुगेको छ भने नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ८८ हजार माथि छ । बैदेशिक रोजगार विभागले २०८२ साल भदौ महिनाका लागि जारी गरेको तथ्यांकमा ६७ हजार ९ सय ७२ जनाले बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको उल्लेख गरिएको हो । त्यसैगरि नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा २०२५ अगस्ट (२०८२ साल साउन) महिनामा ८८ हजार ६ सय ८० जना पर्यटकले नेपाल भ्रमण गरेको जनाइएको हो ।
बैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या एकातिर बढिरहेको छ भने अर्कोतिर नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि उत्तिकै रहेको छ । २०८२ साल भदौ महिनामा बैदेशिक रोजगारीमा जाने पुरुषको संख्या ५९ हजार ९ सय २३ जना रहेको छ भने महिलाको संख्या ८ हजार ४९ जना रहेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले जनाएको छ । गत वर्ष (२०२४ अगस्ट अर्थात २०८२ साल साउन) महिनाको तुलनामा यो वर्ष (२०२५ अगस्ट अर्थात २०८२ साल साउन) महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १५ हजार ९ सय ६१ जनाले बढी हो ।
कतिले लिए श्रम स्वीकृति ?
२०८२ साल भदौ महिनामा बैदेशिक रोजगारीमा जानका लागि ६७ हजार ९ सय ७२ जनाले श्रम स्वीकृति लिएका छन् । बैदेशिक रोजगारीमा जाने ५९ हजार ९ सय २३ जना पुरुषले श्रम स्वीकृति लिएका छन् भने ८ हजार ४९ जना महिलाले श्रम स्वीकृति लिएका हुन् । २०८२ साल भदौ महिनामा १ सय १३ जना उच्च दक्ष कामदारले श्रम स्वीकृति लिएका छन् ।
यसमा ४४ जना पुरुष उच्च दक्ष कामदार रहेका छन् भने ६९ जना महिला उच्च दक्ष कामदार रहेका छन् । त्यसैगरि २ सय ३६ जना व्यवसायिक कामदारले बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् । जसमा १ सय ८१ जना पुरुष व्यवायिक कामदार रहेका छन् भने ५५ जना महिला व्यवसायिक कामदार रहेका हुन् ।
२०८२ साल भदौ महिनामा ११ हजार ४ सय १८ जना अर्ध दक्ष कामदारले बैदेशिक रोजगार विभागबाट बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । जसमा १० हजार ६ सय ५४ जना पुरुष अर्ध दक्ष कामदार रहेका छन् भने ७ सय ६४ जना महिला अर्ध दक्ष कामदार रहेको बैदेशिक रोजगार विभागले जनाएको छ । २०८२ साल भदौ महिनामा ३७ हजार ७० जना दक्ष कामदारले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । जसमा ३१ हजार ९ सय ३२ जना पुरुष दक्ष कामदार रहेका छन् भने ५ हजार १ सय ३८ जना महिला दक्ष कामदार रहेका छन् ।
भदौ महिनामा १९ हजार १ सय ३५ जना अदक्ष कामदारले बैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागले जनाएको छ । १७ हजार १ सय १२ जना पुरुष अदक्ष कामदार रहेका छन् भने १ हजार २३ जना महिला अदक्ष कामदार रहेका हुन् । यूएई (युनाइटेड अरब इमिरेट्स), साउदी अरब, कतार, कुवेत, रोमानिया, जापान, साउथ कोरिया, माल्दिभस्, साइप्रस, बहराईन, ओमान, जोर्डन, माल्टा, टर्कि, मलेसिया, पोल्याण्ड, इजरायल, अफगानिस्तान, लेवनान लगायत अन्य राष्ट्रमा जाने श्रमिकले श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागको तथ्याङ्कले उल्लेख गरेको छ । २०८२ साल भदौ महिनामा ८ सय १९ रिक्क्रयुटिङ्ग एजेन्सीबाट ३३ हजार १ जनाले श्रम स्वीकृति पाएका हुन् । उक्त रिक्क्रयुटिङ्ग एजेन्सीबाट ३० हजार ४ सय ३ जना पुरुष श्रमिकले श्रम स्वीकृति पाएका हुन् भने २ हजार ५ सय ९८ जना महिला श्रमिकले श्रम स्वीकृति पाएका छन् ।
यस्तो छ नेपाल भ्रमण गर्ने पर्यटकको आँकडा
२०२५ साल अगस्ट महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२४ साल अगस्ट महिनामा ७२ हजार ७ सय १९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । २०२४ साल अगस्ट महिनाको तुलनामा २०२५ अगस्ट महिनामा विदेशी पर्यटकको संख्या १५ हजार ९ सय ६१ जनाले बढी हो । त्यसैगरि २०२५ साल जुलाई महिनामा ७० हजार १ सय ९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अघिल्लो वर्षको यहि समय (जुलाई) मा ६४ हजार ५ सय ९९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२५ साल जुनमा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
त्यसैगरी २०२५ साल मे महिनामा ८६ हजार २ सय १६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२५ साल अप्रिल महिनामा १ लाख १६ हजार ४ सय ९० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । २०२५ मार्च महिनामा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२५ साल फेब्रुअरी महिनामा ९६ हजार ८ सय ८० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । साथै २०२५ साल जनवरीमा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२५ सालको जनवरीदेखि अगस्ट महिनासम्म (८ महिनामा) ७ लाख ३६ हजार ५ सय ६२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
त्यसैगरी २०२४ साल जनवरीदेखि अगस्ट महिनासम्म (८ महिनामा) ७ लाख २० हजार ३ सय ३४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२४ साल जनवरीदेखि अगस्ट महिना (८ महिना) को तुलनामा २०२५ साल जनवरीदेखि अगस्ट महिना (८ महिना) मा १६ हजार २ सय २८ जना बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अर्थात गत वर्ष (२०२४ साल) को पहिलो ८ महिनाको भन्दा यो वर्षको सोहि अवधिमा १६ हजार २ सय २८ जना बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा पर्यटन आगमनको संख्या ११ लाख १७ हजार रहेकोमा आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ११ लाख २८ हजार पुगेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा १३.२ दिन रहेको पर्यटकको औसत बसाई अवधि बढेर यस आर्थिक वर्षको अन्त्यसम्ममा १३.३ दिन पुगेको छ । गत आर्थिक वर्षमा प्रति पर्यटक प्रतिदिन खर्च स्थिति ४१ अमेरिकी डलर रहेकोमा समीक्षा आर्थिक वर्षको अन्त्यसम्ममा ४०.८ डलरमा झरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा अन्तराष्ट्रिय उडान (शहर) गन्तव्य संख्या ३० रहेकोमा आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा उडान गन्तव्य २८ मा झरेको हो ।
प्रतिक्रिया