सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न

सोमबार, ०६ असोज २०८२, १७ : ०६

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । 

कम्पनीले मुलुकभरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम रु.५,०३१,१६४,४०० रहेको छ । 

कम्पनीको जगेडा कोषमा रकम रु.२,२३२,४०९,८०१ तथा जीवन बीमाकोषमा रकम रु.१०,१०८,७८१,५४५ कायम छ । कम्पनीको नेटवर्थ रकम रु.१५४.३५ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्घि हुँदै गएको कम्पनीले जनाएको छ । 

कम्पनीले कम्पनीको कार्यसम्पादनमा मार्गदर्शन गर्ने नियामक निकाय, सेवाग्राही, अभिकर्तालगायत सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति कृतज्ञता प्रकट गरेको छ । साथै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने कम्पनीले प्रतिवद्घता जनाएको छ । 
                                           
                                                                  
 

 
सोमबार, ०६ असोज २०८२, १७ : ०६

प्रतिक्रिया