काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ ।
लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो ।
कार्यक्रममा कम्पनीको अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न स्थानबाट आएका क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूमा न्यानो अभिवादन गर्दै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सप्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उनीहरुले पु¥याएको भएको अतुलनीय योगदान प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गरे । कम्पनीका डेपुटी सीइओ निराजन कंडेलज्यूले सफल बीमा सल्लाहकार बन्नको लागि आवश्यक सीपहरु लगायतका विषयहरूमा बोलेका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका योजनाहरु प्रस्तुत गरेको छ। । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बिमा शुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबमाको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्। सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शिवानी थापा बस्न्यात कार्यक्रम सञ्चालिका रहेकी थिइन् भने चर्चित गायिका समिक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालको प्रस्तुतिले कार्यक्रममा रौनक थपिएको थियो ।
कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन नृत्य कार्यक्रम पनि समावेश गरिएको थियो ।
प्रतिक्रिया