समृद्धि फाइनान्सद्वारा दुर्गा मन्दिर धनगढीमाइमा निःशुल्क पानी र जुस वितरण

मंगलबार, ०७ असोज २०८२, १५ : ४५

काठमाडौं- बडादसैंको प्रथम दिन घटस्थापनाको पावन अवसरमा धनगढीमाइ–०८, कसाहा स्थित दुर्गा मन्दिरमा श्रद्धालु भक्तजनलाई समृद्धि फाइनान्स, कसाहा शाखाले निःशुल्क पानी र फ्रुटी (जुस) वितरण गरेको छ। 

साथै उपस्थित भक्तजनसँग विजया दशमीको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । सो दिन दुर्गा मन्दिर परिसरबाट निस्किएको भव्य कलश शोभा यात्राले देवी टोकी दहबाट जल भरेर ग्रामपरिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर सम्पन्न भएको थियो। 

यस यात्रामा धनगढीमाइ नगरपालिका–६, ७ र ८ का ५०० भन्दा बढी भक्तजनको उत्साहपूर्ण सहभागिता रहेको थियो।

समाजप्रति उत्तरदायी रहँदै समृद्धि फाइनान्सले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्य गर्दै आएको छ। हाल देशभरका १३ शाखामार्फत फाइनान्सले भुक्तानी सेवा, मोबाइल बैंकिङ, रेमिट्यान्स, ऋण तथा निक्षेप लगायतका आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ।

 
मंगलबार, ०७ असोज २०८२, १५ : ४५

प्रतिक्रिया