किङ लङ नेपालले ल्यायो दसैं-तिहार बम्पर अफर, भ्यान किन्दा मोटरसाइकल जित्ने अवसर

मंगलबार, ०७ असोज २०८२, १६ : २८

काठमाडौं- यस वर्षको दशैं र तिहारलाई अझै विशेष बनाउन सीजी मोटर्सको अधिकृत वितरणमा किङ लङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत दशैं-तिहार अवधिमा किङ लङ भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् । 

यस अवधिमा किङ लङ इभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ हिरो एक्स्ट्रीम १६० आर मोटरसाइकल उपहार स्वरूप पाउन सकिन्छ।  

यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन् । योजना असोज ७ देखि कात्तिक ३०, २०८२ सम्म सञ्चालनमा रहनेछ।
 

 
मंगलबार, ०७ असोज २०८२, १६ : २८

प्रतिक्रिया