ऋषि ट्रेड सेन्टरले ल्यायो फेस्टिभ अफर, जिहो स्कुटरमा ५० हजार छुट दिने

बुधबार, ०८ असोज २०८२, १६ : १६

काठमाडौं- सीएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले फेस्टिभ अफर ल्याएको छ । 

यस अफरअन्तर्गत जिहो इलेक्ट्रिक स्कुटर खरिदमा ५० हजार रुपैयाँ छुट पाइनेछ ।

कम्पनीले यसअघि ४ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको जिहो एई ८ फेस्टिभ अफर अन्तर्गत ४ लाख ४९ हजार ९०० रुपैयाँमै उपलब्ध गराउने भएको हो ।

साथै, बम्पर उपहारमा एकजना भाग्यशाली बिजेतालाइै बाली भ्रमणको अवसर समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्रै लागू हुनेछ ।

जिहो ब्राण्डका स्कुटरको बिक्री र बिक्री पछिको सेवालाई सहज बनाउन ऋषि ट्रेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । 

कम्पनीले हाल नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

 
 
बुधबार, ०८ असोज २०८२, १६ : १६

प्रतिक्रिया