लक्ष्मी सन‍राइज बैंकको अगुवाइमा ७० मेगावाटको दुधकोशी–२ जलविद्युत आयोजनामा लगानी सम्झौता

विहीबार, ०९ असोज २०८२, १० : ३६

काठमाडौं- लक्ष्मी सन‍राइज बैंक लिमिटेडको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच ७० मेगावाट क्षमताको दुधकोशी–२ ९जलेश्वर० जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।

सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने उक्त अर्धजलासय जलविद्युत आयोजनाको अनुमानित लागत रु। १५ अर्ब रहेको छ। सहवित्तीयकरण अन्तर्गत परियोजनामा कुल लागतको ७० प्रतिशत अर्थात् करिब रु। १० अर्ब ५० करोड बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ भने बाँकी ३० प्रतिशत रकम कम्पनीका प्रवद्र्धकहरूले लगानी गर्नेछन्।

सहवित्तीयकरणमा लक्ष्मी सन‍्‍राइज बैंक अगुवा, एभरेष्ट बैंक सह–अगुवा र सानिमा बैंक सदस्य बैंकका रूपमा रहेका छन्।

दुधकोशी–२ आयोजना असोज ७, २०७७ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको र मंसिर ६, २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ। आयु मलुन हाइड्रोपावर लि., कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल यसका प्रमुख प्रवर्धक हुन्।

आयोजना सन् २०२९ जुलाईसम्म सम्पन्न भई उत्पादनमा आउने लक्ष्य राखिएको छ। उत्पादन सुरु भएपछि वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यससँगै दुधकोशी–२ आयोजना देशकै ठूला स्वतन्त्र उर्जा उत्पादक मध्ये एकको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

 
 
 
विहीबार, ०९ असोज २०८२, १० : ३६

प्रतिक्रिया