मुग्लिन–नारायणघाट सडकको तुइनखोलाको पहिरो रातभरमा हटाइसक्ने

विहीबार, ०९ असोज २०८२, १४ : ५६

काठमाडौं–मुग्लिन–नारायणघाट सडक खण्डको तुइनखोला नजिक झरेको पहिरो हटाउने काम ६० प्रतिशत सकिसकेको छ भने बाटो खुलाउन आज रातिसम्म लाग्नसक्ने अनुमान गरिएको छ । मुग्लिन–नारायणघाट सडक खण्डको तुइनखोला नजिक झरेको पहिरो हटाउने काम दिउँसो साढे २ बजेसम्म ६० प्रतिशत सकिएको हो ।

पहिरो हटाउने क्रम जारी छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुक्खा पहिरो निरन्तर खसिरहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो । पहिरो गएको स्थानमा साघुँरो भएका कारण सबै उपकरण एकैपटक प्रयोग गर्न नसकिने अवस्था छ ।

मुग्लिन नारायणघाट सडकखण्डको तुइन खोलानजिकै झरेको पहिरो पन्छाउनको लागि नारायणघाटतर्फबाट एउटा एक्साभेटर, एउटा लोडरले काम भइरहेको छ भने मुग्लिन तर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर एउटा प्रयोग गरि निरन्तर रुपमा कार्य भइरहेको छ ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ ।
 

विहीबार, ०९ असोज २०८२, १४ : ५६

प्रतिक्रिया