इसेवाबाट चलचित्रको टिकट बुकिङ्ग गर्न सकिने

विहीबार, ०९ असोज २०८२, १७ : ५५

काठमाडौं–डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि चलचित्र टिकट बुकिंग सेवालाई सुधार गरेको छ । अब प्रयोगकर्ताहरूले त्तँह् ऋष्लझबक का चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्ने भएका हुन् ।

टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउने भएको छ । नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको हो । अब तपाईंले इसेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्न सकिने छ ।

सिट सुरक्षित गरि तत्कालै भुक्तानी गरेर आफ्नो टिकट प्राप्त गर्न सकिने छ ।
 

विहीबार, ०९ असोज २०८२, १७ : ५५

प्रतिक्रिया