थ्री जेनज ग्रुप अफको बिलिङ सफ्टवेयर नेपाली रेष्टुराँलाई लक्षित

शुक्रबार, १० असोज २०८२, ११ : २२

काठमाडौं–थ्री जेनज ग्रुप अफ स्टार्टअपले नेपाल टेक मार्केटमा म बिल पिओएस (प्वाइन्ट अफ सेल) र बिलिङ सफ्टवेयर विकास गरेको छ । नेपालको रेष्टुराँ उद्योगको सम्पूर्ण रेष्टुराँ पिओएस (प्वाइन्ट अफ सेल) र बिलिङ सफ्टवेयरले नयाँ उद्यमीहरुलाई प्रविधिमा सजिलो र किफायती बनाउने जनाइएको हो ।

म बिल बिलिङ सफ्टवेयरले सम्पूर्ण रेष्टुरेण्ट व्यवस्थापन सञ्चालनलाई सजिलो र कार्यक्षमता बढाउने काम गर्दछ । नेपाली रेष्टुराँहरूले भोग्ने समस्या र आवश्यकतालाई लक्षित गरेर तयार पारिएको हो । यस प्रणालीले प्रयोगकर्तालाई सामान्य लेजरहरू अभिलेख गराउन मद्दत गर्दछ । भौचर प्रविष्ट गर्न सुविधा प्रदान गर्दछ ।

यसले रेस्टुरेन्टको सम्पूर्ण आय र खर्च ट्र्याक गर्छ र ट्रायल ब्यालेन्स, आय विवरण जस्ता लेखा प्रतिवेदनहरू स्वचालित रूपमा तयार पार्ने गर्दछ । 
 

शुक्रबार, १० असोज २०८२, ११ : २२

प्रतिक्रिया