भिभो भी६० लाईट छिट्टै नेपाली बजारमा आउँदै

शुक्रबार, १० असोज २०८२, ११ : ३२

काठमाडौं–भिभोले भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यात्रीहरूको यात्रीहरूलाई लक्षित गरिएको यो फोनमा पोट्र्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्य फोकसमा राख्ने भनिएको हो ।

भिभोेको आफ्नो चर्चित औरा लाईट प्रविधि पनि अब नयाँ एआई औरा लाईट पोर्टेट ३.० मा अपग्रेड हुने अनुमान छ । १००% बढी प्रकाश र अझ ठूलो नर्म इल्युमिनेसन दिने छ । यससँगै ५० एम पी सोनी आई एम एक्स ८८२ क्यामराले कम–प्रकाशमा समेत बढी प्रकाश समात्ने, न्वाइज घटाउने र कम–प्रकाशमा समेत विवरण सुरक्षित राख्नेछ, जसले पोट्र्रेटहरूलाई प्राकृतिक र गहिरो आयाम दिनेछ ।

एआई क्षमतामा पनि उल्लेखनीय सुधार आएको चर्चा छ । भिभो भी६० लाईटको एआई ईमेज स्टुडियोले स्मार्ट टच–अप, अवाञ्छित वस्तु हटाउने सुविधा र विशेषगरी भिभो भी६० सिरिजमा मात्र उपलब्ध हुने भनिएको एआई फोर सीजन पोट्र्रेट फिचरमार्फत एउटै फोटोमा विभिन्न ऋतुका पृष्ठभूमि सिर्जना गर्नेछ । यात्रा स्मृतिलाई अझ आकर्षक बनाउनेछ ।

डिजाइनमा पनि मिनीमल र प्रीमियम डिजाईन शैली अपनाइएको छ । करिब ७.५९ एम एम मात्र मोटाइ भएको यस डिभाइसलाई सजिलै खल्ती वा ट्राभल ब्यागमा राख्न सकिनेछ । प्रदर्शनतर्फ, यसमा मीडियाटेक डीमेन्सिटी ७३६० वा स्नापड्रागन ६८५ प्रोसेसर रहने अनुमान छ । गेमिङदेखि दैनिकी प्रयोगसम्म स्मूथ अनुभव दिनेछ ।

यससँगै ठूलो र इमर्सिभ डिस्प्लेले स्ट्रिमिङ वा गेमिङ गर्ने युवा प्रयोगकर्तालाई लक्षित गर्नेे छ । यसको विशाल ६५०० एमएएच ब्लु वल्ट ब्याट्रीे र ९० वाट फ्ल्यास चार्जले लामो यात्रादेखि निरन्तर प्रयोगमा पनि चार्जको चिन्ता कम गर्ने अपेक्षा गरएिको छ ।

भिभो भी६० लाईटले आफ्नो नेक्स्ट–जेन पोट्र्रेट प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित भी–सिरीजलाई नयाँ स्तरमा पु¥याउने अपेक्षा गरिएको छ । 
 

शुक्रबार, १० असोज २०८२, ११ : ३२

प्रतिक्रिया