काठमाडौं–शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ५५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको ५५ रुपैयाँ बढेको हो । शुक्रबारको बजारमा चाँदी तोलाको २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबारको बजारमा चाँदी दुई हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया