दशैंमा काठमाडौंबाट करिब २ लाख नागरिक बाहिरिए

शुक्रबार, १० असोज २०८२, १२ : १९

काठमाडौं–बडादशैंको पाँचौं दिन शुक्रबार बिहानसम्म करिब २ लाखले काठमाडौं उपत्यका छाडेकोे छन् । घटस्थापनादेखि शुक्रबार बिहान ६ बजेसम्म १ लाख ९५ हजार २ सय २ जनाले काठमाडौं छाडेर दसैं मनाउन घरगाउँ फर्किएका हुन् ।

पछिल्लो २४ घन्टामा मात्रै ५६ हजार ९०६ जना काठमाडौंबाट बाहिरिएका छन् । घटस्थापनाका दिन ४३ हजार मानिस काठमाडौंबाट बाहिरिएका थिए । 
 

शुक्रबार, १० असोज २०८२, १२ : १९

प्रतिक्रिया