राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

शनिबार, ११ असोज २०८२, ११ : २६

काठमाडौं- एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ । 

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

 
शनिबार, ११ असोज २०८२, ११ : २६

प्रतिक्रिया